जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल



काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताएका छन् ।

वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने उनको दाबि छ ।

मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उनले दिए ।

प्रकाशित मिति : फाल्गुन २४, २०८२ आईतबार  ७ : १२ बजे