गोरखा–१ मा सुधन गुरूङको ८ हजार बढी मतको अग्रता



काठमाडौ । प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।

सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।

गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।

प्रकाशित मिति : फाल्गुन २५, २०८२ सोमबार  ८ : २१ बजे