काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ ।
आकाश धुम्म हुनुको कारण वायूप्रदूषण हो ।
प्रदूषणका कारण काठमाडौं उपत्यकाको अधिकांश स्थानको आकाश धुम्मिएको छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।
बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् ।














