काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको लागि अन्तिम सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकमा १६ जनाको नाम सिफारिस गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भट्टले भने, ‘सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो । अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक भएको कारणले बैठकको अध्यक्षता गर्न सक्नुभएन ।
बैठकमा दुई प्रस्ताव छलफलका लागि प्रस्तुत थिए । एउटामा समानुपातिक सांसदको निर्णय र अर्को शोक प्रस्ताव । क्लस्टर अनुसार समानुपातिक सांसदको नामहरु यसै निर्णयअनुसार सिफारिस गरिएको हो ।’
एमालेले समानुपातिकबाट १६ सीट जितेको छ ।
यी हुन् समानुपातिक सांसदहरु
जनजाति महिला
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
जनजाति पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
खस आर्य पुरुष स्
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु
कृपाराम राणा
दलित महिला
विष्णुमाया वि.के.
नीता घतानी
मधेसी महिला
रिङ्गला यादव
यशोधा कुमारी यादव
मधेसी पुरुष
चन्द्रेश्वर मण्डल
मुस्लिम महिला
साजिदा सिद्दीकी














