एमालेभित्र समीक्षा भईरहेको छ, ओलीको शोकका कारण विषय प्रवेश गर्न नसकिएको हो : लेखराज भट्ट



काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन वा राजनीतिक घटनाक्रमको समीक्षा तल्लो तहबाटै स्वतःस्फूर्त रूपमा शुरु भइसकेको बताएका छन् ।

केन्द्रबाट कुनै औपचारिक परिपत्र वा निर्देशन जारी नभए पनि पार्टीको वडा र जिल्ला तहका कमिटीहरूले आ–आफ्नो स्तरमा समीक्षा बैठकहरू गरिरहेको र त्यसको रिपोर्ट तयार पार्ने काम भइरहेको उनले जानकारी दिएका हून् ।

पार्टीको केन्द्रिय बैठकमा समीक्षाको एजेण्डा तय भएपनि तत्काल त्यस विषयमा प्रवेश गर्न नसकिएको भट्टले स्पष्ट पारे ।

भट्टले पार्टीको समग्र समीक्षापछि मात्रै आधिकारिक निष्कर्ष निस्कने भए पनि आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताए।

प्रकाशित मिति : फाल्गुन ३०, २०८२ शनिबार  ४ : ५५ बजे