वागमतीमा ढल मिसाउँदा अभिशाप लाग्यो, शुद्धीकरणका लागि ४० दिने ‘दिव्य देव यात्रा’ तय



काठमाडौं । पशुपतिनाथको चरणमा बग्ने पवित्र वागमती नदीमा ढल मिसाएर ‘शिव अपराध’ गरेको भन्दै यसबाट राष्ट्रलाई मुक्त गर्न ४० दिने ‘दिव्य देव यात्रा’ (पदयात्रा) आयोजना गरिने भएको छ ।

देवघाटधामस्थित महेश सन्यास आश्रमका अध्यक्ष १००८ स्वामी रमणानन्द गिरीले वागमती शुद्धीकरण र आध्यात्मिक जागरणको माग गर्दै उक्त पदयात्राको घोषणा गरेका हुन् ।

स्वामी रमणानन्द गिरीकाअनुसार पशुपतिनाथ सम्पूर्ण नेपालीहरूको आध्यात्मिक पहिचानका सूत्रधार हुन् ।

हिन्दु, बौद्ध (अवलोकितेश्वर) र किराँत (पारुहाङ) सबैका आराध्य देव पशुपतिनाथको जिब्रोको रसबाट प्रकट भएको मानिने वागमतीमा २०५० को दशकदेखि ढल मिसाइनु ठूलो ‘देव अपराध’ हो ।

प्रकाशित मिति : फाल्गुन ३०, २०८२ शनिबार  ६ : ३५ बजे