श्रम संस्कृतिले टुंग्यायो समानुपातिकका ४ सांसद, को–को परे?



काठमाडौँ । धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चार समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।

धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए ।

पार्टीका प्रवक्ता सत्य घले गुरुङले सार्वजनिक गरेको लिष्टमा आदिवासीरजनजातिबाट पूर्णप्रसाद लिम्बु (पुरुष), खस आर्यबाट अम्बिका देवी संग्रौला (महिला), दलितबाट राधिका रम्तेल (महिला) र मधेसीबाट रुवी कुमारी ठाकुर (महिला) रहेका छन् ।

प्रकाशित मिति : चैत्र १, २०८२ आईतबार  ३ : ४८ बजे