जग्गा विवादमा कञ्चनपुरमा छोराले गरे वृद्ध आमाको हत्या



कञ्चनपुर । जग्गा विवादमा छोराले वृद्धा आमाको हत्या गरेका छन् ।

दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् ।
यस्तै, धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार, गए राति भएको उक्त घटनामा बिन्द्राको घटनास्थलमै मृत्यु भएको छ ।

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

फरार अभियुक्तको खोजी जारी छ ।

जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले बताए । रासस

प्रकाशित मिति : चैत्र ४, २०८२ बुधबार  १२ : ३४ बजे