काठमाडौँ । सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक जारी छ ।
संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिहरू सहभागी छन् ।














