रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ सकियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर रिटमाथिको सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा इजलासमा सुनुवाइ सकिएको हो ।

बिहीबार निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र टीकाराम भट्टराईले जवाफी बहस दिएपछि सुनुवाइ सकिएको हो ।

प्रकाशित मिति : चैत्र ५, २०८२ बिहीबार  ३ : १९ बजे