काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
भोलि चैत्र १० गते मंगलबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् ।
कांग्रेसको भोलिको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुने भएका छन्।
२१ फागुनको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि थापाले राजीनामा दिएका थिए । तर, हिजोको बैठकबाट थापाको राजीनामा अस्विकार भएको छ ।
सभापति थापाले नै भोलिको बैठकको सभापतित्व गर्ने भएका छन् ।














