काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि कार्यालय पुगेका छन्।
यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।
सभापति थापाले आज केन्द्रीय समिति बैठकमा धारणा राख्ने कार्यक्रम पनि छ।










