गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको बताएका छन् ।

मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने, ‘मैले हतारोमा राजीनामा दिएको होइन, हताश भएर राजीनामा दिएको पनि होइन । नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था यही हो । सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिसमक्ष दिने र उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने । यसमाथि छलफल पनि भइसकेको छ ।’

उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताए ।

प्रकाशित मिति : चैत्र १०, २०८२ मंगलबार  २ : १६ बजे