आयोगलाई बालेनको बयान – २३ गते ओली सरकारले आतंकवादी शैलीमा बल प्रयोग गर्दा २४ गतेको घटना



काठमाडौं, ११ चैत्र। काठमाडौं महानगरका पूर्व मेयर बालेन शाहले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालिन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारले आतंकवादी‘ शैलीमा अत्यधिक बल प्रयोग गरेका कारण भदो २४ गतेको घटना भएको बयान दिएका छन् ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसँग बयानको क्रममा शाहले उक्त घट्नाको सबै जिम्मा तत्कालिन सरकार र सरकारमा सहभागी दलहरुले लिनुपर्ने बताएका हुन् ।

शाहले आफूले महानगरको प्रमुखको हैसियतमा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा घटना शान्त पार्न भूमिका खेलेको बयान दिएका छन् ।

शाहले महानगरले भदो २४ गते समयमै दमकल पठाएको पनि दाबी गरेका छन् ।

जनआस्थाले सार्बजनिक गरेको प्रतिवेदनमा बालेन शाहले गरेको दाबि बारे उल्लेख छ ।

प्रकाशित मिति : चैत्र ११, २०८२ बुधबार  ५ : ३८ बजे