कृषिमन्त्री गिता चौधरीले गरिन् पदबहाली



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : चैत्र १३, २०८२ शुक्रबार  २ : १८ बजे