रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा पुगेर बुझे तारेख



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेका छन्।

उनले आइतबार बिहानै अदालत उपस्थित भएर तारेख बुझेका हुन्।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा चलिरहेको छ । सोही मुद्दामा उनले आज तारेख बुझेको बताईएको छ ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  १२ : ३७ बजे