काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धानअघि बढाएको हो ।
विभागले पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा र उनको पूरै परिवारविरुद्ध अनुसन्धान सुरु गरेको हो ।
विभागले प्रमाण नष्ट हुन सक्ने भन्दै उनको घर भत्काउन रोक लगाएको छ । जेन–जी आन्दोलनको क्रममा आगजनी र तोडफोड गरिएको देउवाको बुढानीलकण्डसिथत घर केही दिनअघिदेखि भत्काउन सुरु गरिएको थियो ।














