ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौं, १५ चै । काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

आज (आइतबार) न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको हो । प्रहरीले सरकारी वकिलमार्फत १० दिनको लागि म्याद थप गर्न मागेको थियो ।

शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो ।

पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । उनलाइ भने ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : चैत्र १५, २०८२ आईतबार  ८ : ०० बजे