पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना



काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई त्रिवि शिक्षण अस्पतालको १०२९ बेड नम्बरमा भर्ना गरिएको छ ।

हिजो विहान पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  १२ : २९ बजे