प्रधानन्यायाधीश राउत आजदेखि अवकाशमा,सपना प्रधान मल्लले कामु सम्हाल्ने



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आजदेखि अनिवार्य अवकाशमा पाउँदै छन्।

२०८१ असोज २० गते प्रधान न्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षको उमेर पूरा भएसँगै अवकाशमा जान लागेका हुन्।

उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

संविधानको धारा १३१ (ख) अनुसार प्रधानन्यायाधीश र न्यायाधीश ६५ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ।अनिवार्य अवकाशमा जाने भएपछि राउतले केही समय अगाडिदेखि नै मुद्दा हेर्न छोडेका थिए।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  १ : ४८ बजे