बालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ ।

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।

बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ ।

यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०८२ बिहीबार  ११ : ३० बजे