काठमाडौं । चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ ।
दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शिर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली काँग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।














