काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।
यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।














