दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छः विष्णुबहादुर विश्वकर्मा



काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे ।

“मध्यपूर्वको युद्धलाई निहुँ बनाएर हाम्रो सरकारले सरकारी र शिक्षण संस्थालाई दुई दिन बिदा गराउनु राम्रो होइन,” उनले भने ।

उनले सरकारी कर्मचारीलाई सरकारले करिव ३ दिनसम्म बेरोजगार राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गर्दै सो निर्णय फिर्ता लिनैपर्ने बताए । उनले विद्यार्थीहरुको पठनपाठनमा पनि सो निर्णयले असर गर्ने भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : चैत्र २३, २०८२ सोमबार  १ : ४९ बजे