सरकारले फिर्ता बोलायो ६ देशका राजदूत



काठमाडौँ । सरकारले भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ ।

सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार राजदूतावासलाई चिठी लेखेर एक महिनाभित्र फिर्ता हुन निर्देशन जारी गरिसकेको छ ।

राजदूतहरूमा भारतका लागि डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति : चैत्र २४, २०८२ मंगलबार  ११ : २४ बजे