काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएसँगै देउवाले विज्ञप्ती जारी गरेका छन् ।
पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ ।
सरकारले पक्राउ गर्नका लागि पूर्जी जारी गरेपछि विदेशमा रहेका देउवाले विज्ञप्ति जारी गरेका हुन् । देउवाले स्वास्थ्य उपचारका लागि हाल आफूहरू विदेशमा रहेको र उपचार जारी रहेको जानकारी पनि दिएका छन्।
पूर्व प्रधानमन्त्री देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिको बारेमा भ्रामक र झुठा प्रचारबाजी गरिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।’














