काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गरिने छ।
२७ गते उपसभामुखको निर्वाचन हुँदैछ ।














