स्वास्थ्यमन्त्री मेहतालाई रास्वपाले गरायो सचेत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ।

श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा उनले विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै सभापति रवि लामिछानेले सचेत गराएका हून् ।

‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोल स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ प्रधानमन्त्री बालेन्द्र शाहलाई लेखिएको पत्रमा भनिएको छ।

प्रकाशित मिति : चैत्र २६, २०८२ बिहीबार  ४ : ५८ बजे