काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बिहीबार दर्ता भएको पूरक रिटलाई सर्वोच्चले आजको पेसी दिएको छ ।
पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उनले गत असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काका तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले चैत २५ गते दर्ता गराएको रिटमा सर्वोच्च प्रशासनले आजका लागि पेसी तोकेको हो ।














