रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ११ : ०८ बजे