काँग्रेसले सांसदहरुलाई भन्यो– उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू



काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिए ।

उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरुलाई भनिएको समेत बताए ।

सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  ४ : २८ बजे