प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएको बताएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहले पदभार ग्रहण गरे लगत्तै मोदीले बधाई सन्देशमार्फत भारत भ्रमणको निम्तो दिएको बताएका हुन् ।

मोरिससमा मन्त्री खनालले भारतीय सञ्चारमाध्यम वीअनसँगको कुराकानीमा मोदीले दिएको भ्रमणको निमन्त्रणा प्रधानमन्त्री बालेन्द्रले स्वीकार गरिसकेको बताएका हुन् ।

यद्यपी प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन । आन्तरिक गृहकार्य भइरहेको परराष्ट्र स्रोतले बताए पनि भ्रमणको मिति अहिले नै भन्न नसकिने बताइएको छ ।

प्रकाशित मिति : चैत्र २९, २०८२ आईतबार  १० : ५९ बजे