काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका- ७ निवासी रोशन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।
‘Hades’’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
१० दिनको म्याद थप पक्राउ परेका पोखरेललाई अदालतबाट १० दिनको म्याद थपेर हिरासतमा राखिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।














