काठमाडौं। इरानसँगको वार्ता विफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग बन्दको घोषणा गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उनले होर्मुज नाका बन्दको घोषणा गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएन र बीबीसीले राष्ट्रपति ट्रम्पले होर्मुज बन्द गर्ने धम्की दिइरहेको उल्लेख गरेका छन्।यो महत्वपूर्ण जलमार्ग भएकाले यसअघि उनले बारम्बार इरानलाई बिना शर्त पुनः खोल्न भनिरहेका थिए।
इरानको सबैभन्दा शक्तिशाली हतियार कसरी बन्न पुग्यो होर्मुज जलमार्ग ?
तेल ट्यांकररहरूको आवागमन बन्द गर्ने इरानको निर्णयले मध्यपूर्वी कच्चा तेलमा निर्भर केही देशहरूलाई गम्भीर आर्थिक क्षति पुर्याएको छ।
यसले अमेरिकासहित विश्वभर मूल्यहरू बढाएको छ। कच्चा तेलको भाउ बढेर डब्ल्युटीआई क्रुडमा ब्यारेलको १०५ डलर नजिक पुगेको छ।
यस्तै ब्रेन्ट क्रुडमा पनि ब्यारेलको १०२ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।














