सकियो पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया



काठमडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको छ ।

आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।

डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो।

ओली हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा छन्। उनको पित्तथैलीमा रहेको ढुंगा २२ एमएमको रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : चैत्र ३०, २०८२ सोमबार  १२ : ५७ बजे