कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  ८ : ३३ बजे