सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट



काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

बुधबार थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

अर्याल चढ्ने गाडीसहित त्यसको अघिपछि हिँडेका गाडीलाई पनि चिट काटिएको छ ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  १२ : २९ बजे