गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं । गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हून् ।

यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गरेका थियो ।

मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हून् ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  १ : ११ बजे