काठमाडौ । नेपाली काँग्रेसले आगामी १५ औँ महाधिवेशनलाई समयमै सम्पन्न गर्न र पार्टीको आन्तरिक संगठनलाई चुस्त बनाउन विभिन्न महत्वपूर्ण समितिहरू गठन गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बुधवार बसेको केन्द्रिय समिति बैठकले महाधिवेशनको तयारी, निर्वाचन ब्युरो र राजनीतिक संवादका लागि नेताहरूलाई जिम्मेवारी तोकेको हो ।
पार्टीको १५ औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न र पार्टीभित्र देखिएका असन्तुष्टिहरू सम्बोधन गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवाद गर्न सभापति गगनकुमार थापालाई जिम्मेवारी दिइएको छ ।
उनिहरूले पार्टीका पुराना नेताहरू, पूर्व पदाधिकारीहरू सँग संवाद गरी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने प्रवक्ता चालिसेले बताए ।















