एन आईसी एशिया बैंकद्वारा मनहरीको आमा घर सेवा आश्रमलाई वाटर प्युरिफायर सहयोग



काठमाडौं । एन आईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरेको छ।

परिवारबाट अपहेलित तथा विशेष सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त आश्रममा स्वच्छ खानेपानीको व्यवस्था गर्ने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको हो ।

यस बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई मिति २०८३ वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हून् ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधाहुनुको साथै स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  १० : ४७ बजे