रास्वपा संसदीय दलको बैठक जारी



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा मुख्यतया सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

संसदीय प्रक्रियामा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेका बेला रास्वपाको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपाले समितिको सभापतिमा कसलाई समर्थन गर्छ भन्नेकुराले आगामी संसदीय समीकरणमा समेत प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  १ : २९ बजे