कांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने



काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेकाले खड्का सभापतिमा निर्वाचित हुने सम्भावना प्रबल छ ।

प्रकाशित मिति : बैशाख ३, २०८३ बिहीबार  ३ : ०५ बजे