निर्वाचन जित्न अब एल्गोरिदमसँग लड्न सक्नुपर्छः महामन्त्री पौडेल



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

महामन्त्री पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्दै अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट दाबि गरे ।

पौडेलले ‘जरा अभियान’ केबल एउटा औपचारिकता नभई काँग्रेसलाई आधुनिक युग सुहाउँदो ‘डिजिटल पार्टी’ बनाउने महाअभियान भएको बताए ।

प्रकाशित मिति : बैशाख ६, २०८३ आईतबार  ५ : २१ बजे