प्रतिनिधि सभा नियमावलीको मस्यौदा सभामुखलाइ बुझाइयो



काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी प्रतिवेदन बुझाएको छ । समितिले मंगलवार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले समयमा नै कार्य सम्पादन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनका लागि यसले सकारात्मक नजिर बसालेको बताए ।

उनले कुनैपनि काम समय सीमाभित्र सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महशुस हुने र जनताले पनि आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको महशुस गर्ने धारणा राखे।

मस्यौदा तयार पार्ने क्रममा विशेषज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका माननीय सांसदहरूसँग व्यापक संवाद गरिएकोमा सभामुखले प्रशंसा गरे ।

प्रकाशित मिति : बैशाख ८, २०८३ मंगलबार  ७ : १७ बजे