ट्रम्पले थपे युद्धविरामको अवधि,इरानसँग वार्ता नटुङ्गिएसम्म युद्धविरामको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता नसकिँदासम्म दुई देशबीच जारी युद्धविरामको अवधि थपिने बताएका छन्।

तेहरानका अधिकारीहरूले एक रूपमा तयार गरेको प्रस्ताव पेस नगरेसम्म इरानमाथिको सामुद्रिक नाकाबन्दी पनि जारी रहने ट्रम्पले बताएका छन्।

अमेरिका–इरानबीचको दुई साता लामो युद्धविरामको अवधि बुधवारबाट समाप्त हुन लाग्दा दुई देशबीच हुने भनिएको दोस्रो चरणको वार्ताबारे अन्योल देखिएको छ।

वार्ताका लागि मङ्गलवार नै इस्लामाबाद जाने ठानिएका अमेरिकी उपराष्ट्रपति जेडी भान्स वाशिङ्टनमै रहेको विवरण आएका थिए। ह्वाइट हाउसले पत्रकारहरूसँग भान्स अब पाकिस्तान नजाने बताएको छ।

ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग अब हुने प्रत्यक्ष वार्ताबारे ह्वाइट हाउसले जानकारी गराउने बताएका छन्।

इरानले पनि अमेरिकासँग हुने सम्भावित वार्ताका लागि आफ्नो देशको टोली पठाउनेबारे निर्णय नगरेको विदेश मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग बताएका थिए।

प्रकाशित मिति : बैशाख ९, २०८३ बुधबार  ११ : ५५ बजे