रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोप पत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइ स्थगित भएको छ ।

रिट निवेदनको सुनुवाइका लागि आज पेसी तोकिएकोमा सरकारी वकिलले स्थगित गराएका हुन् ।

प्रकाशित मिति : बैशाख १०, २०८३ बिहीबार  २ : ४९ बजे