काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती हटाउने कार्यमा अन्ततः सफल भएको छ ।
महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीकाअनुसार लामो तयारी र समन्वयपछि बिहीबार बिहान सञ्चालन गरिएको अभियान शान्तिपूर्ण रूपमा अघि बढेको हो ।
महानगरले बस्ती खाली गराउन ३ दिन (९, १० र ११ गते) माइकिङमार्फत पूर्वसूचना जारी गरेको थियो । ११ गते बेलुकी ७ बजेभित्र आफैँ खाली गर्न आग्रह गरिएकोमा सोहीअनुसार १२ गते बिहान साढे ६ बजेदेखि महानगरले बस्ती हटाउने कार्य शुरु गरेको हो ।
यसअघि महानगरको सोही प्रयासका क्रममा ठूलो झडप, विरोध र अराजकता निम्तिएको थियो । तर यस पटक परिस्थिति भिन्न रह्यो । प्रहरी प्रमुख जोशीकाअनुसार यस पटकको सफलताको मुख्य कारण केन्द्र सरकार र स्थानीय सरकारबीचको बलियो समन्वय हो ।














