काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि उनलाई सुरक्षित स्थानमा लगिएको छ।
वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूले कार्यक्रम राखेका थिए।
कार्यक्रमबीच गोली चलेको आवाज सुनिएपछि ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
न्यूयोर्क टाइम्स का अनुसार कार्यक्रम भइरहेको होटलभित्र गोली चलेको सूचना पाएपछि ट्रम्पलाई मञ्चबाट हतारमा बाहिर निकालिएको थियो।














