काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ ।
आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी सुरु भएको हो ।
बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने काँग्रेसले जनाएको छ ।
काँग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतीमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो ।
कार्य दलले सो बैठकमा सुझाव पेश गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।














