काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।
लामो समयदेखिको रस्साकस्सी र आन्तरिक छलफलपछि कांग्रेसले आङ्देम्बेको नाममा सहमति जुटाउँदै उनलाई दलको नेता बनाउने निर्णय गरेको हो ।
सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।
संसदीय दलको नेताका लागि आङ्देम्बेका साथै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र सांसद मोहन आचार्यलगायतले दाबी गर्दै आएका थिए। तर, पार्टीभित्र एकताको सन्देश दिने र सुदृढ ढंगले अगाडि बढ्ने उद्देश्यका साथ अन्य आकांक्षीहरूले आफ्नो दाबी फिर्ता लिएपछि आङ्देम्बेको बाटो सहज बनेको हो।














